नेपाल सुपर लिगः चितवनले भित्र्यायो तेस्रो विदेशी खेलाडी

काठमाडौं। नेपाली फुटबलमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज कप नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले तेस्रो विदेशी खेलाडीको रुपमा सर्वियन मुलका फ्रेन्च स्ट्राइकर गोरान जेर्कोभिचलाई क्लबमा अनुबन्ध गरेको छ। यससँगै चितवनको विदेशी खेलाडीको कोटा पूरा भएको छ। यसअघि चितवनले इजिप्टका दुई खेलाडीलाई क्लब भित्र्याएको थियो। लिगमा एक क्लबले तीन विदेशी अनिवार्य अनुबन्ध गर्नुपर्ने नियम रहेको छ।

सम्बन्धित सामग्री

नेपाल सुपर लिग खेल्न ललितपुर सिटीले भित्र्यायो विदेशी खेलाडी

नेपाल सुपर लिग खेल्नका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडी भित्र्याएको छ । क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको हो । उनी यसअघि नै थ्रीस्टार, मछिन्द्र क्लबलगायतबाट खेल्दै आएका थिए । पिटरले पछिल्लो पटक मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक क्लबबाट लिग च्याम्पियन बनेका खेलाडी हुन् । ललितपुरले विदेशी खेलाडीको रुपमा क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरबैजानका नुर्लान जाहिद नोभ्रजोभलाई पनि टिममा आबद्ध गरिसकेको थियो ।

इलामले भित्र्यायो नेपालमै खेल्ने तीन विदेशी स्टार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) आयोजनाबारे चौतर्फी प्रश्न उठिरहँदा नवप्रवेशी फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीले तीन विदेशी खेलाडी अनुबन्धन सार्वजनिक गरेको छ । नेपालमै ए डिभिजन लिग खेलेका डिफेन्डर पिटर सेगुन, मिडफिल्डर नाथानिएल गार्सिया र फरवार्ड अजायी मार्टिन्स इलाममा अनुबन्धित भएका हुन् । पिटर र मार्टिन्स लामो समयदेखि घरेलु फुटबलमा […]