ए डिभिजन लिगका लागि खुमलटारले भित्र्यायो मेसुकेसहित तीन विदेशी खेलाडी

२६ पुस, काठमाडौं । शीर्ष डिभिजनमा डेब्यूको तयारीमा रहेको एफसी खुमलटारले नेपालमा स्थापित स्ट्राइकरहरु मेसुके ओलोमोउ र स्टेफन विनोङसहित तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । अघिल्लो सिजन न्युरोड टिम (एनआरटी)बाट ए डिभिजन लिग खेलेका मेसुके र स्टेफनले हालै पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकपमा संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए । यी दुईको प्रमुख […]

सम्बन्धित सामग्री

थ्री स्टारले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै एपिएफद्वारा उजुरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेललाई पराजित गर्दा भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै नेपाल एपिएफ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) मा उजुरी गरेको छ । एपिएफले आइतबार थ्री स्टारका दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको […] The post थ्री स्टारले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै एपिएफद्वारा उजुरी first appeared on Hamro Khelkud.

शहीद स्मारक 'ए' डिभिजन लिग: पुलिसलाई थ्री स्टारले हरायो

सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लवले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ।...

विदेशी खेलाडी भित्र्याएपछि पुलिसको जित

विदेशी खेलाडी अनुबन्ध गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सातौँ चरणमा पुलिसले फ्रेन्ड्स क्लबलाई...

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी

काठमाडौँ– जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल […]

ए डिभिजन लिग: दोस्रो जितसँगै एपीएफलाई केही राहत

एपीएफ  फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई १-० गाेल अन्तरले पराजित गर्दै रेलिगशेन संकटबाट माथि उठ्ने सम्भावना जीवितै राखेको छ । आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जित निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा  नविन लामाको कर्नरमा आभाषले उत्कृष्ट हेड गोल गरे । बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पिन सदुपयोग गर्न सकेनन् । शेर्पाविरुद्ध एपीएफले तीन विदेशी खेलाडी उतारेको थियो । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि

पोखरामा मनाङको रवाफ, एपीएफमा विदेशी खेलाडी

६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग ०७८ को पाँचौ चरण अर्थात् म्याच विक फाइभ सकिएको छ । यो चरण केही फरक र विशेषसमेत रह्यो । लिग फुटबलको इतिहासमा पहिलो पटक ए डिभिजन लिग काठमाडौंबाहिर भयो । मनाङ मर्स्याङ्दी क्लबले पोखरा रंगशालाई होम ग्राउण्ड बनाउँदै नेपाल पुलिससँग पोखरामा खेल्यो । विभागीय टोली एपीएफले पहिलो […]

ए डिभिजन लिगमा एपीएफको पहिलो जित, विभागीय टोलीमा पहिलो पटक विदेशी खेलाडी

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले कुपण्डोलको फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले ३-१ गोलअन्तरले जित निकालेको हो। पाँचौ मिनेटमा फ्रेन्ड्स क्लबका जमोउ एन्थोनीको कडा प्रहार एपीएफका गोलकिपर युरा कुरियामाले बचाएका थिए। विदेशी खेलाडीका रुपमा एपीएफले भित्र्याएको…

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...

ए डिभिजन क्लबहरुले खेलाडीलाई वर्षमा कति महिना तलब दिन्छन्?

काठमाडौं- तीन वर्षपछि शहिद स्मारक ए डिभिजन लिग फुटबल सुचारु हुँदा खेलाडीहरुमा उत्साह बढेको छ। क्लबहरु धमाधम खेलाडीहरु अनुबन्ध गरिरहेका छन्। क्लबको प्रदर्शनलाई बलियो बनाउन विदेशी खेलाडी (खासगरी अफ्रिकी मुलक)लाई आबद्ध गरिरहेका छन्। नाम चलेका खेलाडीहरुले यतिउति पारिश्रमिक पाए भनेर चर्चा पनि भइरहेको छ। यद्यपि पारिश्रमिकको विषय क्लबहरुले गोप्य राख्ने प्रयास गरिरहेका छन्। शहिद स्मारक […]

च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध

सहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले सोमबार आसन्न ए डिभिजन लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।राजधानीमा सोमबार च्यासल युथ क्लबले एक कार्यक्रमको आयोजना गरेर क्यामरुनका २२ वर्षीय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई अनुन्ध गरेको हो ।च्यासलले क्यामरुनी खेलाडीद्वयलाई एक÷एक वर्षका लागि अनुबन्धन गरेको हो । पहिलो संस्करणको […]