लेकसाइडको चल्तीको रेस्टुराँ बीजीबी क्याफे गत शुक्रबार साँझ खचाखच भयो । रेस्टुराँमा भीड देखेर सञ्चालक ज्याक तामाङ हौसिए । शनिबार र आइतबार रेस्टुराँ भरिभराउ भएको देखेर उनले कोरोना महामारीअघिका दिन सम्झिए । ‘रेस्टुराँमा ग्राहक देखेर कोरोना महामारी छ भन्ने नै बिर्सिएँ,’ उनले भने, ‘अब पोखराको पर्यटन लयमा फर्किंदै छ ।’