झापाको चन्द्रगढी विमानस्थलबाट पोखरामा हुने भनिएको सिधा उडानले पर्यटन व्यवसायी उत्साहित भएका छन् । उडानले दुवै प्रदेशका पर्यटन व्यवसायीलाई फाइदा पुग्ने उनीहरूको अपेक्षा छ ।उडान सुरुसँगै पूर्वी नेपाल साथै भारतको सिलगुढी, दार्जिलिङ, सिक्किम, मणिपुर र बंगलादेशका पर्यटक चन्द्रगढीबाट सिधै पोखरा पुग्नेछन् । यस क्षेत्रका पर्यटक यसअघि हवाई मार्गबाट पोखरा पुग्नका लागि काठमाडौं हुँदै जानुपर्ने बाध्यता […]