काठमाडौँ : ठमेलको सञ्चयकोषनजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन्।गृह मन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता धेरै पर्यटन व्यवसायी उत्साहित छन्।ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरहेका छन्। “कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु”, सन्तोषले भने, “अब भने पर्यटक फर्काउनुपर्ने