लाङटाङ पदमार्गका हाेटल भाेलिदेखि सञ्चालनमा आउने

रसुवा – लाङटाङ पदमार्गमा रहेका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको हो ।  रसुवामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका ४ को होटल व्यवसाय समितिको आग्रहमा गएको कात्तिक १८...

सम्बन्धित सामग्री

रसुवाको गोसाइँकुण्डमा विशेष मेला सुरु, समस्या परे १०० मा फोन गर्न आग्रह

रसुवा – रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् । आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजन आउने क्रम निरन्तर रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो । दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी हरेक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने गर्छ । यस वर्षको गङ्गा दश...

लाङटाङ क्षेत्रमा बढ्न थाले पर्यटक

वर्षा सकिएर मौसम सफा भएसँगै लाङटाङ क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटक घुम्ने मुख्य सिजन हो । कोरोनाको संक्रमण मत्थर हुँदै गएपछि तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाईकुण्ड लगायतका पर्यटकीय क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको बाक्लो उपस्थिति छ ।

गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको पदयात्रामा बढे पर्यटक

रसुवा, असोज ३१। शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक पछिल्लो समय सरदरमा दैनिक ५० भन्दा बढी आगमन भएपश्चात् वृद्धिको आभास हुनथालेको हो । कोरोनाले धरासायी बनेका हिमाली क्षेत्रका होटल तथा लज चलायमान हुन थालेको र आगन्तुक […]

लाङटाङ क्षेत्र घुम्ने पर्यटक बढे

कोरोना संक्रमण मत्थर हुँदै गएपछि लाङटाङ क्षेत्र घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटक बढेका छन् । तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम बढेको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा १८ हजारभन्दा धेरै पर्यटक भित्रिए

रसुवा - आर्थिक वर्ष २०७८/७९ मा १८ हजारभन्दा धेरै पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् ।  निकुञ्जभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १८ हजार ६ सय ५१ पर्यटक आएका हुन् । जसमध्ये १५ हजार ६ सय ३९ नेपाली, २ हजार ७ सय ८८ विदेशी र २ सय २४ सार्क राष्ट्रका पर्यटक छन् ।  कोरोनाको कारण करिब लामो समयसम्म पर्यटकको आगमन कम भएको भए पनि गएको वर्ष केही सुधार भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जमा आउने पर्यटकमध्ये नेपा...

लाङटाङ र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा बढ्दै पर्यटक

रसुवा । पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । कोभिड–१९ संक्रमण घटेसँगै लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका हुन् । होटल व्यवसाय संघ रसुवाका अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०–२५ आन्तरिक र बाह्य पर्यटक गोसाइँकुण्ड पदयात्रा गर्न आउन थालेका छन् । पर्यटनको आगमनसँगै यहाँको होटल व्यवसाय चलायमान भएको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ जना आन्तरिक र बाह्य पर्यटकले लाटाङ राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड र लाङटाङको भ्रमण गरेका छन् । वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेख्य बढ्ने विगतको तथ्यांकले देखाएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । चालू आर्थिक वर्षको यस अवधिमा १० हजार ५०३ जना आन्तरिक, ११२ जना सार्क राष्ट्रका तथा १ हजार तीन जना अन्य देशका पर्यटकले भ्रमण गरेका छन् ।  रासस

'उचाइ'को छायांकन गर्न परिणीति र बोमन इरानीलगायत नेपालमा

काठमाडौं : बलिउड फिल्म 'उचाइ'को छायांकन गर्न कलाकार नेपाल आउने क्रम सुरु भएको छ।फिल्मका निर्देशक सुरज बडजात्यासहित अनुपम खेर, परिणीति चोपडा, बोमन इरानी, सारिका हसनलगायत कलाकार नेपाल आएका छन्। फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको मुख्य भूमिका रहने बताइएको छ।अमिताभ र डेनी दुवै जना भने केही दिनपछि आउने निर्माण टोलीले बताएको छ। विशेषगरी लुक्ला, लाङटाङ, मनाङ, मुस्ताङलगायत नेपालका हिमाली क्षेत्रमा छायांकन हुने फिल्मको केही भाग काठमाडौंमा पनि छायांकन ह

लाङटाङ राष्ट्रिय निकुञ्जमा नौ महिनामा भित्रिए ३ हजार पर्यटक

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटकको आगमन घटेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण एक वर्षदेखि पर्यटकको आगमन बढ्न नसकेको हो ।  वार्षिक २० हजारभन्दा बढी पर्यटक आउने गरेकामा चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा ३ हजार १ सय ४१ पर्यटक आएका छन् । निकुञ्जले दिएको जानकारीअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्ममा २ हजार ९ सय ४१ नेपाली, १ सय ८२ विदेशी र १८ जना सार्क राष्ट्रका पर्यटक आएका छन् । आएका  पर्यटक जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा ...

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आउन लागेका हुन्।