सिन्धुली। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा खाता खोलेको छ। सिन्धुली निर्वाचन क्षे नं. २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका हुन्।
दाहालले नेकपा एमालेका मनोजजंग थापालाई पराजित गरेका हुन्। दाहालले २७ हजार ५१७ मत ल्याउँदा थापाले भने २१ हजार ६८७ मत पाए।