काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५–०८६ सम्म नेपालीको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलरले बढाउने लक्ष्य राखिएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको योजना बुधबार आयोगले सार्वजनिक गरेको हो […]