काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले हेटौंडा- काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन् । बागमती प्रदेश सरकारले बजेट अभाव भएको भन्दै योजना स्थगित गरेपछि थापाले आपत्तिजनाएका हुन् । प्रदेशको राजधानी हेटौडा भएपनि शिक्षा, स्वास्थ्य लगायतका आवश्यक सुविधाका लागि काठमाडौं आउनुपर्ने बाध्यता भएपनि विकास निर्माणको काम रोक्नु […]