क्रिकेट संघको कार्यवाहक सचिवमा मल्लकै निरन्तरता

१३ फागुन, धनगढी । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवमा प्रशान्त विक्रम मल्ललाई नै निरन्तरता दिएको छ । शुक्रबारदेखि धनगढीमा सुरु भएको क्यान साधारण सभाले मल्ललाई अर्को साधारण सभासम्मका लागि कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा कार्यसमिति सदस्य मल्लाई कार्यवाह सचिवको जिम्मेवारी […]

सम्बन्धित सामग्री

मोबिल फाल्ने दुई जना पक्राउ

संघको आन्तरिक विवादका कारण नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि हेटौंडामा मोबिल फालेको अनुमान प्रहरीले गरेको छ । मकवानपुर क्रिकेट संघको आठौं साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको उद्घाटनका लागि केन्द्रको प्रतिनिधिका रूपमा हेटौंडा आएका पाठकलाई शनिबार बिहान अपरिचित युवाहरूले अनुहारमा मोबिल फालेर फरार भएका थिए ।

क्यानका कार्यवाहक सचिव पाठकमाथि अज्ञात समूहले छ्यापे मोबिल

काठमाडौं,२७ साउन । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ। शनिबार बिहान मकवानपुरको हेटौंडामा जिल्ला क्रिकेट संघको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन्। स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको प्रहरीले जनाएको छ । केही मोबिल पाठकको कपडामा लागेको […]

सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु

राजविराज । राजविराजमा सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण आइतबारदेखी सुरु भएको छ । सप्तरी क्रिकेट संघको आयोजनामा स्थानिय पबिमाविको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनले ब्याटिङ गरि प्रतियोगिताको उद्घाटन गरेकी छिन् । उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ । उक्त खेलमा रुपनी राइडर्सले […] The post सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दिपले भने 'म निर्दोष छु, केहि दिन भित्रै नेपाल फर्किएर अनुसन्धानमा सघाउँछु'

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग छोडेर छोडेर छिट्टै नेपाल फर्कने बताएका छन् । यस अघिसम्म प्रतियोगिता सकेर मात्र नेपाल फर्कने बताएका उनी आफु बिरुद्द पक्राउ पुर्जी जारी भएपछि र नेपाल क्रिकेट संघ क्यानले पनि निलम्बन गरेपछि प्रतियोगिता नसकी नेपाल फर्कने भएका भएका हुन् ।उनले आफु निर्दोष रहेको, नेपालको कानुनमा पूर्ण विश्वास रहेको भन्दै आफुमाथि लागेका झुट्टा आरोपहरुको अनुसन्धानमा सघाउने बताएका छन् । उनले कानुन सबैको लागि बराबरी हुने र निर्दोषले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन् । उनले केहि दिन भित्र नेपाल फर्कने उल्लेख गरेका छन् ।बिहिबार क्रिकेट संघ क्यानले उनलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको बैठकलाई उनलाई टिमबाट नै निलम्बन गर्ने निर्णय गरेको हो ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा विज्ञप्तिमा भनिएको छ 'नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।'बिहिबार नै पक्राउ पुर्जी जारीबालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको जनाएको  छ ।

क्रिकेट संघबाट सन्दीप लामिछाने निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा बिहीबार जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछाने उपर करणी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा संघबाट निलम्बन गरिएको जनाइएको छ । लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।

सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको बैठकलाई उनलाई टिमबाट नै निलम्बन गर्ने निर्णय गरेको हो ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा विज्ञप्तिमा भनिएको छ 'नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।'आज नै पक्राउ पुर्जी जारी बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको जनाएको  छ ।

नेपाल क्रिकेट संघको बोर्ड बैठक भैरहवामा बस्ने

९ माघ, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यही माघ १३ गते भैरहवामा बस्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भैरहवा बोर्ड बैठक बस्ने तय भएको जानकारी दिए । बोर्ड बैठकमा क्यानको साधारण सभाको मिति तोक्ने लगायत विभिन्न विषयमा छलफल हुने भएको छ । मल्लका अनुसार क्यानको साधारण सभाको विषय […]

नेपाल क्रिकेट संघको साधारणसभा पुस १४ देखि, मुख्य प्रशिक्षक छनोटका लागि समिति गठन

बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ ।