सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको बैठकलाई उनलाई टिमबाट नै निलम्बन गर्ने निर्णय गरेको हो ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा विज्ञप्तिमा भनिएको छ 'नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।'आज नै पक्राउ पुर्जी जारी बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको जनाएको  छ । 

सम्बन्धित सामग्री

क्रिकेटर सन्दिप लामिछाने पशुपतिनाथ मन्दिरको दर्शनमा

काठमाडौं, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनी आफ्ना बुवासँग पशुपतिनाथ मन्दिरमा पुगेका हुन् । बुवासँगको तस्विर राख्दै उनले फेशुबकमा लेखेका छन्–‘श्री पुशपतिनाथको दर्शन, हरहर महादेव ।’ नेपाली राष्ट्रिय क्रिकेट टिम चीनमा जारी एशियाडमा सहभागी भएर हिजोमात्रै स्वदेश फर्किएको हो ।

सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ । जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्धालाई प्राथमिकतामा राखिएको छ । लामिछानको मुद्धाको फैसाला गरेका न्यायधिस केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय […] The post सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा

काठमाडौं । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ । […] The post सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दिप लामिछाने एयरपोर्टबाटै पक्राउ

काठमाडौं, २० असोज । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारको दोहा हुँदै काठमाडौं ओर्लिएका लामिछानेलाई काठमाडौं विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । उनी आज (बिहीबार) विहान १०ः३० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । Photo Source: Routine of […]

सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्नसक्ने, अदालतले दियो अनुमति

काठमाडौं, २३ भदौ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्ने भएका छन् । उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको छ । उनीविरुद्ध एक नाबालिक किशोरीले गौशला प्रहरीमा बलात्कारको जाहेरी दिएकी छन् । प्रहरीले घट्नाबारे अनुशन्धान अघि बढाएको छ । लामिछाने भने यतिवेला […]

प्रफेक्ट फुड्सको स्नोडेन्ट च्वीङगममा सन्दिप लामिछाने

प्रफेक्ट फुड्स प्रालिले आफ्ना उत्कृष्ट उत्पादन  स्नोडेन्ट च्वीङगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले स्नोडेन्ट च्वीङगममा को विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने छन् ।  स्नोडेन्ट च्वीङगममा  रिफ्रेसिङ मिन्टले भरिएको गम हो । यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा स्नोडेन्ट इन ब्याड ब्रेथ आउट भन्ने स्लोगान दिएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेन्ट बढाउनको लागि स्नोडेन्ट च्वीङ...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको बलिङतर्फ ७९औं स्थानमा उक्लिएका हुन् । उनले फड्को मार्ने क्रममा भारतका हार्दिक पाण्डे, अष्ट्रेलियाका मिचेल मार्स जस्ता चर्चित खेलाडीलाई पछि पार्दै आफ्नो बरियतामा सुधार गरेका हुन् । भर्खर मात्र ओमान भ्रमणमा […] The post सन्दिपको ओडिआई बरियतामा सुधार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सन्दीप लामिछाने शनिबार मेलवर्न स्टार्सविरूद्ध मैदानमा उत्रने

कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका नेपाली लेग स्पीनर सन्दिप लामिछाने क्वारेन्टाइन मुक्त भएपछि सम्भवतः आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सवाट शनिबार जनवरी २ तारिखका दिन पहिलो खेल खेल्नेछन्।

फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किएका छन्।