पाँच महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। तलब नपाएको भन्दै स्वास्थ्य कर्मचारीले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्। स्वास्थ्यकर्मीले तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरीदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई ज्ञापनपत्र बुझाएका हुन्। तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा अहिले ७८ जना कार्यरत छन्।