कांग्रेस बैठक महाधिवेशन केन्द्रित, क्रियाशील सदस्य ९ लाख पुग्यो

काठमाडौँ- नेपाली कांग्रेसको प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी बैठक मूलत: महाधिवेशनका विषयबस्तुहरुमा केन्द्रित भएको छ। कांग्रेसको क्रियाशील सदस्यता देशभित्रका ८ लाख ५२ हजार र विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य रहेको जानकारी नेता रमेश लेखकले बैठकपछि दिए। महादेव यादव नेतृत्वको निर्वाचन समिति, रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता विवाद समिति र विमलेन्द्र […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन: गच्छदार र थापा संकटमा

२०६४ मा कांग्रेसबाट बाहिरिएका विजयकुमार गच्छदार एक दशकपछि पुनः कांग्रेसमा फर्किंदै उपसभापति बने । उनले आफ्नो नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा समायोजन गर्दा उपसभापतिसहित ११ केन्द्रीय सदस्य र २० हजार क्रियाशील सदस्य पाएका थिए ।

कांग्रेसको १४औँ महाधिवेशन : महोत्तरी क्षेत्र नं. ३ मा धाँधली

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनमा धाँधली भइरहेको खुलेको छ । महोत्तरी क्षेत्र न. ३ को क्षेत्रीय निर्वाचन नै नगराई पूर्व सांसद् रामचन्द्र तिवारीको गुटले आफनो मान्छेलाई डेलिगेट र क्षेत्रीय सभापति चयन गरेको र सोही आधारमा प्रमाणपत्र समेत वितरण गरेको त्यहाँका क्रियाशील सदस्य तथा मनराशिसवा नगरपालिका कमिटी सदस्य […]

कांग्रेस महाधिवेशन : केन्द्रको झल्को दिने गठबन्धन काठमाडौं महानगरमा

मुलुकको संघीय राजधानी, कांग्रेसका सबैभन्दा धेरै क्रियाशील सदस्य भएको महानगर हो काठमाडौं महानगरपालिका । केन्द्रीय नेताहरुकै बसोबास भएका कारण राजनीतिक गतिविधि र सुझबुझमात्रै होइन, राजनीतिक दलप्रतिको चासो र सहभागिता पनि बढी नै छ । तर, महानगरमा प्रमुख राष्ट्रिय दल नेपाली कांग्रेस भने विगत १० वर्षदेखि नेतृत्वविहीन छ ।

कांग्रेस महाधिवेशन - वडादेखि नै युवा नेतृत्व स्थापित

काठमाण्डाै –  राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ । युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले वडा सभापति जित हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकार...

निर्धारित समयमै महाधिवेशन हुनेमा कांग्रेस महामन्त्री कोइरालाको आशंका

काठमाडौं। नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले निर्धारित मितिमै महाधिवेशन नहुनेमा प्रश्न उब्जिएको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुरामा महामन्त्री कोईरालाले पार्टीको क्रियाशिल सदस्य नटुंगिएका कारण महाधिवेशनको मितिमा प्रश्न चिन्ह खडा भएको बताए। उनले क्रियाशील सदस्यका सम्बन्धमा उजुरी आएकाले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन समस्या हुने बताए। “भएका ४६ जिल्लामा पनि उजुरीहरु आएको छ।हामी प्रयास गर्दैछौं, क्रियाशीलको छिटो टुंग्याउन”,उनले भने।

क्रियाशील सदस्यता विबादबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यता विवादको विषयमा छलफल गर्न नपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बिहीवार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।  पूर्व पदाधिकारी र सदस्यता छानविन समितिका सदस्यसहितको बैठक राखिएको एक नेताले जानकारी दिए । क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २० गतेसम्म सभापतिलाई पेश गर्ने महाधिवेशन कार्यतालिका छ ।  केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समिति...

क्रियाशील सदस्यता विबादबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यता विवादको विषयमा छलफल गर्न नपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेका लागि बैठक बोलाइएको छ । पूर्व पदाधिकारी र सदस्यता छानविन समितिको सदस्यसहितको बैठक राखिएको एक नेताले जानकारी दिए । क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २० गतेसम्म सभापतिलाई पेश गर्ने महाधिवेशन कार्यतालिका छ ।  केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले क्रियाशील सदस्यको सूचीको छानविन गरिरहेको छ । सूचीमा स...

कांग्रेस १४ औं महाधिवेशन : ६ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक

काठमाडौं।नेपाली कांग्रेसले ६ जिल्लाका ९ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ। भोजपुर,रुकुमपश्चिम,प्युठान,धनुषा(१) काभ्रे(१) र सप्तरी क्षेत्र नं.१, २,३ र ४ का क्रियाशील सदस्य (नयाँ ) र नवीकरणको विवरण सार्वजनिक गरेको हो।सो विवरण नेपाली कांग्रेसले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।सार्वजनिक भएका जिल्ला र क्षेत्रका नामावलीमा कुनै उजुरी,गुनासा वा सुझाव भएमा असार १७ गतेभित्र सप्रमाण पठाउन पनि भनेको छ।