२०६४ मा कांग्रेसबाट बाहिरिएका विजयकुमार गच्छदार एक दशकपछि पुनः कांग्रेसमा फर्किंदै उपसभापति बने । उनले आफ्नो नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा समायोजन गर्दा उपसभापतिसहित ११ केन्द्रीय सदस्य र २० हजार क्रियाशील सदस्य पाएका थिए ।