काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठकले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको छ।दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको हो।त्यस्तै बैठकले अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो। बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभा