प्रभातकुमार वर्मा/बारा ।
नेपालबाट रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढीरहेको छ । कोरोना महामारीपछि यो क्रम झन् बढ्दो छ ।
नेपालमा वार्षिक ५ लाख भन्दा बढी युवा रोजगारको लागि श्रम बजारमा प्रवेश गर्छन् भने तीमध्ये प्रत्येक वर्ष सरदर ४ लाख युवा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीले नेपाली श्रम शक्तिलाई रोजगारी र आय आर्जन मात्र मिलेको छैन राज्यलाई ठूलो मात्रामा विप्रेषण पनि प्राप्त भइरहेको छ । तर धन कमाएर परिवार पाल्ने सपना बोकी परदेश गएकाहरु सबैलाई त्यहाँ सोच...