काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो निवासमा मन्त्री बन्न आकांक्षा राख्नेको भीड लागिरहेको बताएका छन्।आफ्नो पार्टीका ४९ सांसदलाई नै मन्त्री पद चाहिएको भन्दै यसले आफूलाई मानसिक तनाव दिएको प्रचण्डले बताएका हुन्।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्रीको आंकाक्षी रहेका छन्। यो आकांक्षाको होडबाजीले आफूलाई थेगिनसक्नु तनाव भएको प्रचण्डले बताए। नेपाल कम्युनिस