कोरोना भाईरस (कोभिड–१९) परिक्षण गर्ने चार नीजि प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले तोकिएको समयसम्म परीक्षण गरिएका नमूना भण्डारण गरी राख्नैपर्ने व्यवस्थाको पालना नगरेको भन्दै ती प्रयोगशालाहरुलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परिक्षण गरिएका नमुना भण्डारण गरिएका नमुना राख्नैपर्ने भए पनि ती कम्पनीले नमुना भण्डारण नगरेको जानकारी दिनुभयो ।