काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालले विदेशबाट ७० करोड ४६ लाख ६२ हजार रुपैयाँको विभिन्न प्रकारका मदिरा आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिर मसान्तसम्ममा उक्त मुल्यमा १६ लाख ८४ हजार ६९ लीटर मदिरा नेपाल भित्रिएको छ। पछिल्लो पाँच महिनामा नेपालले जिन, व्ह्स्किी, भोड्का, रम, वाइन लगायतका मदिरा विभिन्न देशबाट आयात गरेको छ।