भारतबाट नपाएपछि बंगलादेशले अमेरिका र बेलायतसँग कोरोना खोप माग्यो

९ जेठ, काठमाडौं । भारतबाट कोरोनाविरुद्धको खोप तत्काल नपाउने भएपछि बंगलादेश सरकारले अमेरिका र बेलायतलाई खोप उपलब्ध गराइदिन आग्रह गरेको छ । बंगलादेश सरकारले अमेरिका र बेलायतबाट एस्ट्राजेनेका खोप मागेको स्थानीय मिडियाहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनका अनुसार पहिलो डोज लगाइसकेहरुलाई दोस्रो डोज दिनका लागि १६ लाख खोप आवश्यक […]

सम्बन्धित सामग्री

कोरोना खोप अस्वीकार गरेका जोकोभिचले यूएस ओपन पनि गुमाउने सम्भावना

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन नखेल्ने सम्भावना बढेको छ । अमेरिका सरकारले कोरोनाविरुद्धको खोप नलगाएका विदेशी खेलाडीलाई प्रवेश निषेध लगाउने कुराको सम्मान गर्ने यूएस ओपन आयोजकले बताएसँगै जोकोभिचको अमेरिका यात्रा सम्भावना कम भएको हो । ‘यूएस ओपनमा खेलाडीलाई खोप लगाउन अनिवार्य नियम छैन तर गैरनागरिकलाई अमेरिका प्रवेश गर्दा […]

अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै भारत

५ असोज, काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार यस्तो घोषणा गरेका हुन् । गत अप्रिलमा भारतले आन्तरिक माग उच्च रहेको भन्दै कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडको बैठकमा भाग लिन अमेरिका पुग्नुअघि भारतीय स्वास्थ्यमन्त्रीले यस्तो घोषणा […]

कोरोना खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्न विचार गरिरहेका छौं : डा. फाउची

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलअनत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् । स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका […]

भुटानले पायो सबै नागरिकलाई पुग्ने कोरोना खोप

२९ असार, काठमाडौं । भुटानले आफ्नो मुलुकका सबै नागरिकलाई लगाउन पुग्ने कोरोना खोप आफूसँग रहेको बताएको छ । मंगलबार भुटानका प्रधानमन्त्री लोटे शेरिङले यस वर्षको अन्तिमसम्म मुलुकमा १० लाख डोजभन्दा बढी कोरोना खोप उपलब्ध हुने बताएका हुन् । भुटानले यसअघि अमेरिका र चीनको कोरोना खोप अनुदानको प्रस्ताव स्वीकार गरेको थियो । भुटानमा खोपका लागि योग्य […]

कोरोना खोप लगाउन काठमाडौंदेखि अमेरिका !

३ असार, काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि विश्वका धेरै मुलुकबाट खोप लगाउनकै लागि जाने क्रम बढेको छ । नेपालमा पनि खोपको उपलब्धता अनिश्चित भएका कारण सामर्थ्य भएका नेपालीहरु अमेरिका जाने क्रम बढ्न थालेको ट्राभल व्यवसायीहरु […]

संसारका धनी राष्ट्रले गरिब राष्ट्रलाई एक अर्ब डोज कोरोना खोप दिने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसारका धनी राष्ट्रहरुको समूह ‘जी–सेभेन’ले गरिव राष्ट्रहरुलाई एक अर्ब डोज कोरोना खोप दिने बताएका छन्। आजबाट लण्डनमा सुरु भएको जी–सेभेन सदस्य राष्ट्रहरुको बैठकमा उक्त सहमति बन्ने विश्वास उनले व्यक्त गरेका छन्।जी–सेभेनमा बेलायत, अमेरिका, क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटाली छन्। हिजो मात्र अमेरिकी राष्ट्रपतिले गरिब राष्ट्रहरुलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेका थिए।

कोरोना खोप दुई अर्ब डोज बन्यो, कहाँ गयो?

बीबीसी। विश्वभर विभिन्न कम्पनीहरूले कोरोनाविरुद्ध दुई अर्ब डोज खोप निर्माण गरिसकेका छन्, तर ती खोप कहाँ छन्? ड्युक्स ग्लोबलहेल्थ इनोभेसन सेन्टरका अनुसार धेरै डोज धनी देशहरूले भण्डारण गरेका छन्। यस कारण गरिब देशले खरिद गर्छु भन्दा पनि पाउन सकेका छैनन्। युरोपेली राष्ट्र, अमेरिका र भारतले खोप निर्यातमा रोक लगाएका छन्। चीन र रुसले मात्रै खोप बिक्री गर्दै आएका छन्।

सिंगापुर र युएईले १२ देखि १५ वर्षका बालबालिकालाई कोरोना खोप दिने

एजेन्सी।अमेरिका र क्यानाडापछि अब सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई)ले १२ वर्ष देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाउने निर्णय गरेका छन्।सिंगापुर र युएईले फाइजर बायोनटेकको कोरोना खोप दिने निर्णय गरेका हुन्। उनीहरुले बालबालिकालाई खोप दिने निर्णय यस्तो बेला गरेका छन् जतिबेला कोरोना बालबालिकामा तीव्र रुपमा फैलिरहेको छ। युरोपेली युनियनले पनि बालबालिकालाई फाइजरको खोप दिने विषयमा छलफल अघि बढाएको छ।

रुसले बनायो एक डोज लगाए पुग्ने कोरोना खोप

रुसले कोरोनाविरुद्धको सिंगल डोज खोप बनाउन सफलता पाएको छ ।  खोपको नाम स्पुतनिक लाइट हो र यो ७९.४ प्रतिशत प्रभावकारी छ । युरोप र अमेरिका बाहेक सबैतिर उपलब्ध अनि गामालेया रिसर्च इन्स्टिच्युटले बनाएको स्पुतनिक खोपकै परिवार अन्तर्गत यो खोप पनि आएको छ ।  रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले यसमा लगानी गरेको हो । फन्डका सीईओ किरिल दिमित्रिएभले यो खोप १० डलरभन्दा पनि कम मूल्यमा उपलब्ध हुने बताए ।  यस खोपको तेस्रो चरणको परीक्षणमा ७ हजारजनालाई समावेश गरिएको थियो । परीक्षण रुस, यूएई र घानामा भएको हो । २८ ...