रुसले कोरोनाविरुद्धको सिंगल डोज खोप बनाउन सफलता पाएको छ ।
खोपको नाम स्पुतनिक लाइट हो र यो ७९.४ प्रतिशत प्रभावकारी छ । युरोप र अमेरिका बाहेक सबैतिर उपलब्ध अनि गामालेया रिसर्च इन्स्टिच्युटले बनाएको स्पुतनिक खोपकै परिवार अन्तर्गत यो खोप पनि आएको छ ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले यसमा लगानी गरेको हो । फन्डका सीईओ किरिल दिमित्रिएभले यो खोप १० डलरभन्दा पनि कम मूल्यमा उपलब्ध हुने बताए ।
यस खोपको तेस्रो चरणको परीक्षणमा ७ हजारजनालाई समावेश गरिएको थियो । परीक्षण रुस, यूएई र घानामा भएको हो । २८ ...