काठमाडौं : सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि एक किशोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध अर्की युवती पनि प्रहरीको सम्पर्कमा आएकी छिन्। कन्सल्टेन्सी सञ्चालक पाण्डेबाट पीडित भएको भन्दै अर्की एक युवती आइतबार काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेकी हुन्। एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डेलाई शनिबार मात्रै प्रहरीले स्वयम्भूबाट नियन्त्रणमा लिएको थियो।उनी पक्राउ परेपछि आइतबार एक युवती प्रहरी कार्यालयमा पुगेर आफू पनि पाण्डेबाट पीडित भएको बताएकी क