छुवाछुत उन्मूलनमा दलितमै भाँडभैलो

बाजुरा जिल्लाको हरेक गाउँबस्तीमा जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ । माथिल्लो जातले दलित समुदायलाई निजी तथा सार्वजनिक क्षेत्रमा प्रवेशमा निषेध गर्दै आएका छन् ।बाहिरी रूपमा विभेद छैन भनिए पनि जिल्लाका हरेक गाउँबस्तीमा भने पहिलेदेखि चल्दै आएको जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ । गैरदलितले दलितलाई विभेद गर्ने चलन त पहिलादेखि नै थियो तर दलितले दलितलाई नै जातीय विभेद कायमै गरेको घटना जीवन्त छन् । दलित दलितबिचको जातीय छुवाछुत तथा विभेदले छुवाछुत उन्मूलनमा समस्या देखिएको छ । जातीय विभेद तथा छुवाछुत प्रथा रोक्नका लागि गाउँबस्तीमा गठन भएका दलित नेटवर्कले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । दलितले दलितलाई नै जातीय विभेद गर्दै आएकाले यसलाई रोक्न समस्या भएको दलित नेटर्वक बाजुराले जनाएको छ । जातीय छुवाछुतको अन्त्य आफैँबाट गर्न आवश्यक रहेकाले पछिल्लो समय दलित समुदायको घरआँगनबाट नै जनचेतनामूलक कार्यक्रम सुरुवात गर्ने तयारी रहेको जिल्ला दलित नेटवर्क बाजुराका सचिव मिलन सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पहिलेदेखि व्यापक छुवाछुत भइरहेको छ । यो अन्त्य गर्नका लागि पहिले दलितमै भएको विभेद रोक्नु पर्छ ।” यहाँको नौ वटै स्थानीय तहका ६९ वटा वडामै वडास्तरीय दलित नेटवर्क तथा नौ वटा पालिकास्तरीय दलि

सम्बन्धित सामग्री

जातीय छुवाछुत गरेको आरोपमा अहेव पक्राउ

जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा सान्नित्रिवेणी गाउँपालिका–८ स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र बुढालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ।...

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

काठमाडौं : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । यसैको सम्झनामा  २०६८ सालदेखि जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाइन्छ। नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प ग

सुदूरपश्चिममा ३ वर्षमा २९ छुवाछुत र जातीय विभदेका घटना

१२ माघ, डोटी । सुदूरपश्चिम प्रदेशमा तीन बर्षको अवधिमा २९ जातीय छुवाछुत तथा बिभेदका घटनाहरु भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७६/०७७ मा जातीय छुवाछुत तथा भेदभावविरुद्ध ८ जाहेरी परेका छन् । सो अवधिमा सबैभन्दा बढी कैलालीमा ४ जातीय छुवाछुतका घटनाहरु दर्ता भएका थिए । बाजुरामा १, […]

जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । नेपाल छुवाछुतमुक्त घोषणा भएको आज शनिबार १६ वर्ष पूरा भएको छ। शनिबार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ । […]

छुवाछुत अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई आग्रह गरेकी छिन्।जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी राष्ट्रपति भण्डारीले  पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछुत अझै अन्त्य हुन नसकेको बताएकी छिन्।‘जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क

छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको बताएका छन् ।जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले भने,  'आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन् । संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको

छुवाछुत विरुद्धको कानुन कार्यान्वयनमा फितलो भएको दलित अगुवाको गुनासो

संविधानले जातीय छुवाछुत गर्न नपाइने र छुवाछुत गरेमा दण्ड जरिवाना समेत लाग्ने स्पष्ट उल्लेख गरेपनि कार्यान्वयन फितलो भएको दलित अगुवाहरुले गुनासो गरेका छन् । जातीय छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता जनाएर...

जातीय छुवाछुत अन्त्य गर्न चेतनामूलक अभियान चलाउनुपर्छ– मन्त्री श्रेष्ठ

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न चेतनामूलक अभियान चलाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव(कसुर र सजाय) ऐन, २०६८ को विधायनोत्तर अवस्थाको परीक्षण सम्बन्धमा विज्ञबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागि कानून भएपनि व्यवहारमा लागू नभएकाले जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । कानूनबारे जनतालाई थाहा...

जातीय छुवाछुत तथा बालविवाह रोक्न प्रहरीको तीनमहिने अभियान

जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेशमा प्रहरीले तीनमहिने अभियान सुरु गरेको छ । आइतबारबाट सुरु भएको अभियान २६ चैतसम्म चल्नेछ । लुम्बिनी प्रदेशस्तरका सबै १२ जिल्ला र ५३ इलाका प्रहरी...