जातीय छुवाछुत अन्त्य गर्न चेतनामूलक अभियान चलाउनुपर्छ– मन्त्री श्रेष्ठ

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न चेतनामूलक अभियान चलाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव(कसुर र सजाय) ऐन, २०६८ को विधायनोत्तर अवस्थाको परीक्षण सम्बन्धमा विज्ञबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागि कानून भएपनि व्यवहारमा लागू नभएकाले जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । कानूनबारे जनतालाई थाहा...

सम्बन्धित सामग्री