मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छु : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन्। बुधबार मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका...

सम्बन्धित सामग्री

श्रममन्त्री श्रेष्ठ युएई भ्रमणमा जाने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रम मन्त्रीको भ्रमणले विदेशमा रहेका नेपाली कामदारका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले कानुन अनुसार ति देशमा कामदारले पाउने सुविधा दिलाउन सहयोग हुने बताए ।

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छः श्रममन्त्री श्रेष्ठ

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताएका छन् । गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक समाजमा यस्ता पर्वले सद्भाव कायम गर्न सहयोग पुग्ने बताए ।

मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छुः श्रममन्त्री श्रेष्ठ

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए।