भाषिक सरोकार राख्ने जनकपुरका संघ–संस्थाले प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न प्रदेश २ सरकारसंग माग गरेका छन् । भाषा, साहित्य, कला, संस्कृति तथा समाजसेवाको क्षेत्रमा कृयाशील आधादर्जन संघ–संस्थाका प्रतिनिधि तथा भाषा अभियन्ताले शुक्रबार प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित अन्य पार्टीका संसदीय दलका नेतालाई लिखित ध्यानाकर्षण गराएका हुन् ।