रुपन्देहीका दुई नगरपालिकाहरूलाई कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकालाई सोमबार छुट्टाछुट्टै कार्यक्रम गरी कोरोनाविरुद्धको पूर्णखोप घोषणा गरिएको हो । १२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको दुवैमात्रा खोप लगाएपछि यी नगरपालिकाहरुले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएका हुन् । सैनामैना नगरपालिकालाई राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन् । उनले खोप लगाउनु सवै नागरिकले पाउनुपर्ने र त्यसको जिम