डाेटी – डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले आयोजित एक समारोहकाबीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाहरुले असार २२ गते भित्र पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप ...