डोटी– डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । डोटीका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप […]