काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे । भक्तपुरको चागुँनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।