राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले फोहोरमैला व्यवस्थापनमा राजनीति नगर्न आग्रह गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई केही गरौँ भन्ने सोच भएको व्यक्तिका रूपमा चित्रित गर्दै यसमा राजनीति नगर्न आग्रह गरेका हुन् ।