काठमाडौं।किंग्स कलेजले बबरमहलस्थित आफ्नो नयाँ भवनमा व्यावसायिक नर्सहरुका लागि क्वारेन्टिन केन्द्रको स्थापना गरेको छ।नेपाल मेडिकल एसोसिएशन र नर्सिङ्ग एसोसिएशन अफ नेपालको समन्वयमा क्वोरेन्टिन सेन्टर सञ्चालनमा ल्याइको हो।केन्द्रको व्यवस्थापन व्यवस्थापन,आवश्यक सामग्री आपूर्ति लगागतका जिम्मेवारी किंग्स क्लब र किंग्स कलेजले करुणा फाउन्डेसन नेपाल र अडारा समूहको साझेदारीमा गरेको छ।“नर्सहरूलाई सेवा गर्ने अवसर पाउँदा निकै नै गौरवान्वित छौँ”, कलेजका अध्यक्ष नरोत्तम अर्याल भन्छन्।