लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल झाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको र आफ्ना भनाइ राखेर आफूहरु फर्किएको बताएका छन् ।सत्तारुढ गठबन्धनबाट जसपा नेपाल बाहिरिएपछि लोसपालाई छलफलका लागि शुक्रबार बालुवाटार भित्र्याइएको थियो । ‘गठबन्धनका नेताहरुले आफ्नो माग प्रस्तुत गर्न हामीलाई भन्नुभयो,’ गठबन्धनसँगको बैठकमा सहभागी लोसपा नेता अनिल झाले रातोपाटीसँग भने, ‘हामीले आफ्ना माग मोटामोटी राख्यौँ ।’लोसपाका मागबारे गठबन्धनभित्र छलफल गरेर फेरि ल