राजविराज नगरपालिकाका निवर्तमान मेयर लोसपा प्रवेश

६ भदौ, सप्तरी । राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भु यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् । सोमबार राजविराजमा आयोजित कार्यक्रममा यादवलाई लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरदसिंह भण्डारी, अनिल झा लगायतले पार्टी प्रवेश गराए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यादव तत्कालिन राजपाबाट राजविराज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । […]

सम्बन्धित सामग्री

राजविराज नगरपालिकाका निवर्तमान मेयर यादव लाेसपा प्रवेश

सप्तरी – सप्तरीको राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल प्रवेश गर्नुभएकाे छ ।  लोसपा सप्तरीद्वारा आज साेमवार जिल्ला समन्वय समितिकाे सभा हल राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यादवलाई पार्टीमा स्वागत गर्नुभएकाे हाे । यादवसँगै राजविराजका निवर्तमान कार्यपालिका सदस्य प्रमोद कावडा, निवर्तमान वडाध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव लाली, शोभालाल मण्डल पनि लोसपा प्रवेश गरेका छन् ।  ...