राजस्व दली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् । पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वाेच्च अदालतको आदेशपछि रिहा भएका हुन् ।सर्वाेच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । ११ महिनापछि नख्खु कारागारबाट उनी रिहा भएका हुन् । सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली