काठमाण्डाै – वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीशको सम्मानजनक बर्हिगमन भनेको राजीनामा भएको उल्लेख गर्नुभएकाे छ । प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले बर्हिगमनको बाटो नलिएमा सर्वोच्च अदालत प्रवेश गर्ने वैकल्पिक गेट पनि बन्द गर्ने उहाँले चेतावनी दिनुभयो ।
आज बिहीवार नेपाल बार एसोसिएशनको सर्वोच्च अदालतमा धर्नापछि एसोसिएशनको भवन परिसरमा कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दाहालले सर्वोच्च अदालत परिसरमा प्रहरी भित्राएर कानुन व्यवसायीहरूमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै प्रहरीको आक्रमण तत्का...