न्यायाधीश पदमा प्रस्तावित सुवेदी र चुडालमाथि संसदीय सुनुवाई शुरु

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाई शुरु गरेको छ । संसदको संसदीय सुनुवाई समितिले न्यायपरिषदद्वारा  प्रस्तावित दुवै जनालाई बोलाई सुनुवाइका लागि छलफल शुरु गरेको हो ।यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडाल विरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेको थियो ।

सम्बन्धित सामग्री

प्रस्तावित तीन राजदुतको सुनुवाई

काठमाडौं । संसदीय सुनुवाई समितिले तीन देशको राजदुतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ । समितिको बुधबार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदुत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाई गरेको हो । त्यस्तै, स्वीट्जरल्याण्डका लागि आवासिय राजदुतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासिय राजदुत सुधिर भट्टराईको पनि सुनुवाइ […]

संसदीय सुनुवाई प्रक्रियाको समयावधि घटाउने कुरामा सांसदहरुबीच मत विभाजन

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाई प्रक्रियाको समयावधिमा सांसदहरुबीच मत बाझिएको छ । संसदीय सुनुवाई प्रक्रियाको समयावधि घटाएर भएपनि सुनुवाई प्रक्रिया टुंग्याउने भन्ने बारेमा सांसदहरुबीचमा नै मत विभाजन भएको हो ।मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति लक्ष्मणलाल कर्णले १० दिनभित्र उजुरी आह्वान गर्ने समय घटाएर भएपनि सार्वजनिक महत्वका पदमा प्रस्तावित व्यक्तिहरुलाई नियुक्ति गर्ने प्रस्ताव गरेका थिए । सभापति कर्णको प्रस्तावमा सांसदहरुले आफ्नो–आफ

संसदीय सुनुवाई समितिद्वारा २ राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।  मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठ

श्रीलंका र डेनमार्कको लागि प्रस्तावित राजदुतको पनि अनुमोदन

काठमाडौँ – संसदीय सुनुवाई समितिले बाँकी दुई देश लागि प्रस्तावित राजदुतको पनि अनुमोदन गरेको छ। मंगलबार बिहान बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्ताव गरिएका रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो। विभिन्न २० देशका लागि प्रस्तावित भएका राजदूतमध्ये सुनुवाइ समितिले १८ जनाको नाम अनुमोदन गरे पनि श्रीलंकाका लागि प्रस्तावित वासुदेव मिश्र […]

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ, उजुरीबारे स्पष्टीकरण माग

राष्ट्रिय सभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकाबिरुद्ध परेका उजुरीमाथि सुनुवाई गरेको हो ।समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र द्वय राजदूतहरुवि

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो । कात्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले […]

भारत, अमेरिका, बेलायतका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो । गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले राजदुत नियुक्त गर्न सिफारिस गरेका राजदुतहरुविरुद्ध उजुरी आह्वान गरिएको छ । प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु

१५ कात्तिक, काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । ११ कात्तिक २०७८ मा बसेको […]

सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आव्हान

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गरिएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडालको नाम सिफारिस गरेको थियो । समितिले सो सम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ । समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरु विरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । संबैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई गर्नुपर्ने संबैधानिक व्यवस्था छ । संसदीय सुनुवाईपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ ।