३८ मेवा क्षमताको माथिल्लो आँखु खोला जलविद्युतमा ५ ओटा बैंकले लगानी गर्ने

असोज १३, काठमाडौं । धादिङ जिल्लामा निर्माण गर्न लागिएको ३८ मेगावाट(मेवा) क्षमताको माथिल्लो आँखु खोला जलविद्युत् आयोजनामा पाँच ओटा बैंकले ५ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । उक्त आयोजनामा लगानी गर्ने गरी बुधवार आँखु खोला हाइड्रोपावर प्रालि र पाँच  ओटा बैंकका प्रतिनिधि बीच सम्झौतामा हस्ताक्षर भएको हो ।आँखु खोला हाइड्रो प्रालिद्वारा प्रवर्द्धित उक्त आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक नेपाल र सिभिल बैंकबाट ऋण लगानी हुने भएको हो । प्रवर्द्धक कम्पनी एवं बैंकहरू बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको हो ।उक्त आयोजनाको अनुमानित लागत करीब ७ अर्ब ३३ करोड रहेको छ । आयोजना आगामी चार वर्षभित्रमा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिने बताइएको छ । नेपाल विद्युत प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानूनी प्रक्रियामा पुरा गरिसकेको  र हाल आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले बताएको छ ।  कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६ हजार ७०० गिगावाट घन्टा र बर्खामा १५२ दशमलव ४३८ गिगावाट गरी वार्षिक २१९ दशमलव १३८ गिगावाट घन्टा खुद विद्युत् उत्पादन हुनेछ ।उक्त आयोजना धादिङ्गको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाउँपालिकामा निर्माणाधीन रहेको छ ।

सम्बन्धित सामग्री

म्याग्दी खोला जलविद्युतमा पाँच बैंकले लगानी गर्ने

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ५ बैंकले करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कुल १० अर्ब ७४ करोड रुपैयाँ […]

म्याग्दी खोला जलविद्युतमा पाँच बैंकले लगानी गर्ने

काठमाडौं । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निमार्णको लागि ५ बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता हस्ताक्षर भएको हो । कुल १० अर्ब […]

७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युतमा एनएमबि बैंकले लगानी गर्ने

काठमाडौं । रेमिट हाइड्रोले बनाउन लागेको ताप्लेजुङमाको घुन्सा खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले लगानी गर्ने भएको छ । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्द्धित आयोजना...

सुपर कावेली खोला क्यासकेड जलविद्युतमा एनएमबि बैंकले लगानी गर्ने

एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजंगा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमश स्नो रिभर्स प्रालि तथा हिल्टन […]