काठमाडौँ । अपर चौरी खोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले संयुक्त लगानी गर्ने भएका छन् । काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरी खोला बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. र बैंकबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।आयोजना १ अर्ब १२ करोड कुल लागतमा बन्न लागेको छ । जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगान