शरद ऋतुको आगमनसँगै नेपालमा पर्वहरूको रौनकता छाउँछ। हाम्रातिर बडो गजबको प्रचलन छ। दशैंभन्दा अगाडि पितृहरूको पर्व आउँछ। अर्थात् दशैं आँगनसम्म आइपुग्दा सोह्र श्राद्ध घरभित्र छिरिसकेको हुन्छ।मलाई लाग्छ‚ यो संसारकै सर्वोत्कृष्ट परम्परा हो। मभन्दा पहिले नै मेरा पुर्खाले जिन्दगीका बाउन्न घुस्सा‚ त्रिपन्न ठक्कर खाएका हुन्। मेरो अस्तित्व शरीरमा उम्रनेमध्येको सबैभन्दा सानो रौँ बराबर पनि नहुँदा उनीहरूका कानमा रौँ पलाएर पनि फुलिसकेका थिए।जीवनका हर्ष, शोक, हाँसो, रोदन, उकाली, ओराली सबै कुरा