मोबाइलमार्फत फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं (अस) । नेपाल क्लियरिङ हाउसले आउँदै गरेका दसैं, तिहार तथा छठलगायत चाडपर्वको समय कागजी नोट प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यले कनेक्टआईपीएसबाट गरिने फण्ड ट्रान्सफर सुविधा निःशुल्क गरेको छ । यो सुविधा मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्टआईपीएस फण्ड ट्रान्सफर तथा कनेक्टआईपीएसमार्फत मोबाइल वालेटबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्सफरलाई थप प्रवद्र्र्धन गर्न उक्त अवधिमा कारोबार शुल्क  मिनाहा गरिएको हो । यसले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्सफरमा मोबाइल प्ल्याटफर्म प्रयोग थप बढ्ने विश्वास कम्पनीको छ । फण्ड ट्रान्सफरलगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याटफर्मबाट गर्न सकिने कनेक्टआईपीएसले गत आर्थिक वर्षमा   १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबार फस्र्योट गरेको थियो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबार फस्र्योट गरेको कम्पनीले बताएको छ । हाल यो प्रणालीमा ५४ बैंक तथा वित्तीय संस्था आबद्ध छन् ।

सम्बन्धित सामग्री

तिहार र छठमा मोबाइल बैंकिङको फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं । तिहार र छठ पर्वको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर ७-१३ कात्तिकसम्म लागु हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका लागि एनसीएचएल तथा बैंक […]

तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर गर्न पाइने

काठमाडौं । तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवर्४न गर्न कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । सो अफर कार्तिक ७ देखि १३ गतेसम्म लागु हुनेछ । चाड पर्वको वेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न एनसीएचएल तथा बैंक वित्तीय […]

डिशहोमको १ वर्षको रिचार्जमा थप १ वर्ष निःशुल्क

काठमाडौं (अस) । डिशहोमले आफ्ना ग्राहकका लागि ‘१ वर्षमा २४ महीना’ योजना सार्वजनिक गरेको छ । डीटीएचका ग्राहकलाई लक्षित गर्दै कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले उक्त योजनामा डिशहोमको ‘डिलरदाइ’बाट फण्ड ट्रान्सफर गरी १ वर्षका लागि रिचार्ज गर्दा थप १ वर्ष निःशुल्क टेलिभिजन सेवा उपलब्ध गराउने भएको हो । कम्पनीले एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता ‘लक्की ड्र’मार्फत एकजनाले १ लाख रुपैयाँ जित्न सक्ने अवसर पनि सोही योजनामार्फत दिएको छ । ‘लक्की ड्र’को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमवार साँझ ५ आफ्ना च्यानलहरू रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानल लगायतबाट गरिने बताइएको छ । १ वर्षको रिचार्जमा २४ महीना टेलिभिजन हेर्न र १ लाख रुपैयाँ जित्ने सो योजनामा चैत २१ पछि रिचार्ज गर्ने ग्राहकले सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।

एनएमबि बैंकको युवा लक्षित बचत योजना

काठमाडौं (अस) । एनएमबि बैंकले युवालाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि यू–वाह डिजी सेभिंग्स्’ सार्वजनिक गरेको  छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली नागरिकले यो खाता खोल्न सक्नेछन् । बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर दिनुका साथै मेरो सेयर, डिम्याट र आस्बा निःशुल्क उपलब्ध गराउनेछ । त्यसैगरी योजनाअन्तर्गत बैंकले एनएमबि ओम्नीच्यानल बैंकिङ, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्डमा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र वार्षिक १,२०० सम्मको क्यास ब्याक योजनाजस्ता लाभ उपलब्ध गराउनेछ । बैंकले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । बैंकले हाल २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

समृद्धि फाइनान्स–नेपाल पेमेन्ट सोलुसन सम्झौता

काठमाडौं (अस) । समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच वालेट प्रयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि फाइनान्सका ग्राहकले नेपाल पेमेन्ट सोलुसनमा आबद्ध विभिन्न २२ वालेटबाट निःशुल्क फण्ड ट्रान्सफर सुविधा प्रयोग गर्न सक्नेछन् । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र नेपाल पेमेन्ट सोलुसनका चिप एक्सपिरियन्स अफिसर प्रताप श्रेष्ठले हस्ताक्षर गरे ।

दशैंमा वित्तीय क्षेत्रका अफर : क्यासब्याकदेखि नगद छूटसम्म

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी नेपालको वित्तीय क्षेत्रले पनि ग्राहक लक्षित विभिन्न अफर ल्याएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था र रेमिट्यान्स कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफर ल्याएका हुन् । विशेषगरी बैंकहरूले विभिन्न व्यापारिक संस्थासँगको सहकार्यमा किनमेलमा गर्ने भुक्तानीमा छूट दिने अफर ल्याएका छन् । नबिल बैंकले ‘दशैं धमाका अफर’ ल्याएको छ । त्यसअन्तर्गत नबिलको डेबिट तथा क्रेडिट कार्ड अनलाइन शपिङ प्लेटफर्महरू बिगमार्ट, दराज र किरानामा प्रयोग गर्दा क्यासब्याक पाइने व्यवस्था गरिएको छ । ग्राहकले बिगमार्टमा १० प्रतिशत छूट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । किरानामा १५ प्रतिशत छूट वा १ हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिने बताइएको छ । यसैगरी दराजमा भने हरेक शुक्रवार १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छूट पाउन सकिने जानकारी बैंकले दिएको छ । सानिमा बैंकले पनि ‘दशैं धमाका’ योजना ल्याएको छ । बैंकले अनलाइन शपिङ पोर्टल दराजबाट सामान खरीद गर्दा छूट दिने योजना ल्याएको हो । डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई यस्तो सुविधा दिइने बैंकले बताएको छ । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजारसम्मको छूट पाउनेछन् । यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजार ५०० सम्मको छूट प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले दशैंको अवसरमा पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । चाडपर्वको अवसरमा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर बैंकले ल्याएको हो । यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ, सो बराबरको रकम ग्राहकले फिर्ता पाउँछन् । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया भाइबर क्विज बज’ सञ्चालनमा ल्याएको छ, जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहार जित्न सक्नेछन् । असोज १४ गतेदेखि शुरू भएको यो योजना कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । क्विज बजमा दैनिक सहभागी भई सही जवाफ दिने एकजनाले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने प्रत्येक दिन चारजनाले ५०० रुपैयाँको मोबाइल रिचार्जसमेत जित्न सक्ने कम्पनीले बताएको छ । यसैगरी, कुमारी बैंकले डेबिट र क्रेडिट कार्डका ग्राहकलाई विशेष छूट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई धूलिखेलको आगन्तुक रिसोर्टमा छूटको दिने अफर ल्याएको छ । त्यहाँ ग्राहकलाई बसाइ र खानामा विशेष छूट दिइने बताइएको छ । यस्तै, बैंकले आफ्नो एटीएम कार्डप्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सक्ने सुविधा पनि ल्याएको छ । दशैंको अवसरमा अन्य बैंक तथा वित्तीयहरूले विभिन्न अफर ल्याएका छन् । त्यसले व्यवसायमा सहयोग पनि पुगेको बैंकरहरू बताउँछन् । यसैगरी भुक्तानी सेवा प्रदायक संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्ट आईपीएस मोबाइल एपमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड निःशुल्क गरेको छ । बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने बताइएको छ । असोज २० गतेदेखि शुरू भएको यो अफर कात्तिक २५ गतेसम्म कायम रहनेछ । ई–सेवाले पनि दशैं, तिहारलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । घटस्थापनादेखि शुरू भएको सो अफर असोज ३१ गतेसम्म चल्नेछ । यस अवधिमा ई–सेवाबाट कुनै पनि बैंक खातामा निःशुल्क रूपमा रकम ट्रान्सफर गर्न सकिनेछ । बम्परमा एकजनाले एउटा स्कुटर पाउने बताइएको छ । यस्तै साप्ताहिक रूपमा एकजना विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् भने मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरिएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पेले ‘दशैंको झट्का’ स्कीम ल्याएको छ । यस अन्तर्गत अन्तर्गत आईएमई पे वालेटबाट हवाई टिकट खरीद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाइनेछ । दशैंलाई लक्षित गरेर भुक्तानी सेवा प्रदायक अन्य कम्पनीले पनि विभिन्न अफर ल्याएका छन् । रेमिट्यान्सतर्फ आईएमई ले ‘डबलको डबलको डबल अफर’ ल्याएको छ । असोज १ गतेदेखि शुरू भएको यो अफर कात्तिक २६ गतेसम्म लागू हुन्छ । उक्त अफरमा विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिने बताइएको छ । साथै, हरेक हप्ता दुईजनालाई पठाएको रकमको दुई गुणा, हरेक महीना पठाएको रकमको ४ गुणा बराबरको पुरस्कार दिइने कम्पनीले बताएको छ । यस्तै, रेमिट्यान्स आईएमई–पेमा प्राप्त गरेमा २०० रुपैयाँ थप बोनस पाइने व्यवस्था पनि छ । क्यापिटलतर्फ कुमारी क्यापिटललले ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना ल्याएको छ । हितग्राही खाताको पहुँच वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । यसमा सरकारको ‘एक नेपाली : एक डिम्याट खाता’ अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । प्रभु क्यापिटलले पनि दशैं लक्षित ‘डबल धमाका’ अफर ल्याएको छ । यो योजनामा १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालीम पनि प्रदान गरिने क्यापिटलले जानकारी दिएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यशाली १० जना ग्राहकलाई यो योजना अन्तर्गत विजेता छनोट गरिनेछ । दैनिक विजेताको सूची एक दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने बताइएको छ । यसरी छनौट भएका ग्राहकले खाता खोलिसकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी रकम ग्राहकको बालेटमा फिर्ता गरिने क्यापिटलले जानकारी दिएको छ ।

चाडपर्वमा मोबाइलमार्फत फण्ड ट्रान्सफर निःशुल्क

चाडपर्वमा मोबाइलमार्फत गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । चाडपर्वलक्षित गरी कनेक्टआईपीएसमार्फत गरिने फन्ड ट्रन्सफर यही असोज २० देखि कात्तिक २५ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको एनसीएचएलले जनाएको छ ।दसैं, तिहार तथा छठलगायत चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्सफरलाई प्रोत्साहन गराउन फण्ड ट्रान्सफर निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

अब कनेक्ट आईपीएसमार्फत हुने फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । यो योजना असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा […]