डिशहोमको १ वर्षको रिचार्जमा थप १ वर्ष निःशुल्क

काठमाडौं (अस) । डिशहोमले आफ्ना ग्राहकका लागि ‘१ वर्षमा २४ महीना’ योजना सार्वजनिक गरेको छ । डीटीएचका ग्राहकलाई लक्षित गर्दै कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले उक्त योजनामा डिशहोमको ‘डिलरदाइ’बाट फण्ड ट्रान्सफर गरी १ वर्षका लागि रिचार्ज गर्दा थप १ वर्ष निःशुल्क टेलिभिजन सेवा उपलब्ध गराउने भएको हो । कम्पनीले एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता ‘लक्की ड्र’मार्फत एकजनाले १ लाख रुपैयाँ जित्न सक्ने अवसर पनि सोही योजनामार्फत दिएको छ । ‘लक्की ड्र’को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमवार साँझ ५ आफ्ना च्यानलहरू रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानल लगायतबाट गरिने बताइएको छ । १ वर्षको रिचार्जमा २४ महीना टेलिभिजन हेर्न र १ लाख रुपैयाँ जित्ने सो योजनामा चैत २१ पछि रिचार्ज गर्ने ग्राहकले सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।