गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५०४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा २३० जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा छजना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कास्की र तनहुँका तीन÷तीनजना छन् । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २९० पुगेको छ ।
पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार प्रदेश...