मकवानपुर – मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह विजयी हुनुभएको छ ।
सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो ।
सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो ।
यस्तै, सूर्य चिन्ह लिएर उठ्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ स...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा पुनःस्थापनामार्फत मुलुक निर्वाचनमा जाने बताएका छन् । संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नभएकाले अदालतले संसद पुनःस्थापना गरिदिने उनले विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसले नवलपुरको होक्सीकोटमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले मुलुक ढिलो चाँडो निर्वाचनमा जाने र कांग्रेसले चुनाव जित्ने दावी गरेका हुन् ।
‘सूर्य चिन्ह कसले लान्छ छाडदिनुस्, केपी ओली पक्षले सूर्य पायो भने त्यहाँ राम बहादुर ‘बादल’ बसिरहनु भएको छ, सूर्यलाई त्...
'म सूर्य चिन्हमा लड्दै आएको हो। प्रतिनिधि सभा विघटन गर्दा पनि सूर्य चिन्हमै लडेर आएको थिए। नेकपा एमालेको निर्वाचित अध्यक्ष हो। नेकपा एमाले भन्नेबित्तिकै सूर्य चिन्ह आइहाल्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,'हँसिया-हथौंडाको तर्फबाट पुष्पकमल दाहाल 'प्रचण्ड' र सूर्यका तर्फबाट मैले पार्टी एकता गरेको हो। अरू सबै पदाधिकारी हामीले मनोनयन गरेको हो।'
राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव लड्ने सहमति मात्र गरेको बताए।