जिल्ला प्रशासन धनकुटा र पाख्रिबास नगरपालिका घेराउ

धनकुटाको पाख्रीबास नगरपालिकाको नगरसभामा भएको घटनालाई लिएर जिल्लामा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सत्ता पक्ष एमाले र विपक्षी गठबन्धन नारा जुलुससहित प्रदर्शनमा उत्रिएका हुन् ।

सम्बन्धित सामग्री

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता अधिकार मञ्च कर कार्यालय घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि । तस्बिर : कारोबार

हातहतियार बुझाउन धनकुटा प्रशासनको आग्रह

‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न धनकुटा जिल्लाबाट इजाजत प्राप्त विभिन्न व्यक्तिका नाममा रहेका हातहतियार निर्वाचन पश्चात फिर्ता पाउने गरि प्रहरी इकाइ मार्फत जिल्ला प्रशासन कार्यालय, धनकुटालाई बुझाउन सूचना जारी गरिएको छ ।’

धनकुटा प्रशासनले दिने सेवामा आलोपालो

धनकुटा । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिमका कारण कार्यालयबाट दिने सेवालाई आलोपालो गर्ने भएको छ । कार्यालयले माघ २० गतेदेखि माघ २८ गतेसम्म जिल्लाभित्रका सेवाग्राहीलाई नगरपालिका र गाउँपालिकाका आधारमा सेवा प्रवाह गर्ने जनाएको छ । प्रशासनले कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि माघ १२ बाट अत्यावश्यकीय बाहकेका सेवा रोकेको थियो ।

अत्यावश्यकबाहेक धनकुटा जिल्ला प्रशासनका सबै सेवा बन्द

धनकुटा : जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ।सार्वजनिक सूचना जारी गरेर माघ १२ गतेदेखि १८ गतेसम्म अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए। सूचनामा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्रसम्बन्धी काम, राहदानी वितरण, द्रुत सिफारिश तथा राहदानी प्रयोजनका लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचयपत्रसम्बन्धी काम,

जिल्ला प्रशासन कार्यालय धनकुटामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

धनकुटा। जिल्ला प्रशासन कार्यालय धनकुटाले माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिडको सङ्क्रमण देखिएको र अन्यलाई समेत मिल्दोजुल्दो लक्षण देखिएकाले १८ गतेसम्म नागरिकता, राहदानी,सङ्घ संस्था दर्ता नवीकरण, पेन्सन सम्बन्धी प्रमाणित तथा सिफारिसको काम नगर्ने जिल्ला प्रशासनले जनाएको छ । शान्ति सुरक्षा, मुद्दासम्बन्धी, […]

कोभिड उपचार तथा आइसोेलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन धनकुटा प्रशासनको निर्देशन

धनकुटा, पुस २८ । जिल्ला प्रशासन कार्यालय धनकुटाले सरकारी र स्थानीय तहलाई कोभिड १९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । धनकुटामा बुधबार बसेको कोभिड व्यावस्थापन समितिको जिल्ला स्तरीय बैठकले यस्तो निर्णय गरको हो । प्रशासनले २५ जनाभन्दा बढी भेला नहुन र मेला महोत्वमा पनि रोक लगाएको छ । सार्वजनिक रुपमा […]

धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

वैशाख २६, धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले धनकुटा अस्पतालको आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  आइतवार जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा एक कार्यक्रम गरी भ्याटबाहेक ७६ हजार ९०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रशासन कार्यालयले अक्सिजन फ्लोमिटर ५ थान, अक्सिजन मास्क २५ थान, एन ९५ मास्क १०० थान, सर्जिकल ग्लभ्स एक हजार थान, हेण्ड सेनिटाइजर ५ लिटर १० जारजन र सर्जिकल मास्क एक हजार थान अस्पतालको आइसोलेशन केन्द्रलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले जानकारी दिए । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र आइसोलेशन केन्द्रमा रहेका कोरोना संक्रमितलाई उपचार गर्न सहयोग पुर्‍याउने उदेश्यले सामग्री हस्तान्तरण गरिएको दाहालले बताए ।  स्वास्थ्य सामग्री पाएपछि धनकुटा अस्पतालका स्वास्थ्यकर्मी र आइसोलेशन केन्द्रमा निकै सहज हुने धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन पुजन विश्वकर्माले बताए ।

निषेधाज्ञामा सुनसान धनकुटा (फोटो फिचर)

धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन धनकुटा नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको तेस्रो दिन भएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले गत बुधबार सूचना जारी गरी सोही दिन रातको १२ बजेदेखि आगामी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए।धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू भएको छ।धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा

धनकुटा नगरपालिका क्षेत्रमा बैशाख मसान्तसम्म निषेध आदेश जारी

धनकुटा : जिल्ला प्रशासन कार्यलय धनकुटाले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ।धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू हुनेछ।धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा कोरोना संक्रमण बढीरहेको र पछिल्ला दिनहरूमा धनकुटामा पनि संक्रमणको दर बढिरहेकाले निषेध आदेश जारी गरिएको दाहालले बताए।निषेध आदेश जारी भएपछि भेला मानिसह