धनकुटा : जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ।सार्वजनिक सूचना जारी गरेर माघ १२ गतेदेखि १८ गतेसम्म अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए। सूचनामा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्रसम्बन्धी काम, राहदानी वितरण, द्रुत सिफारिश तथा राहदानी प्रयोजनका लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचयपत्रसम्बन्धी काम,