धनकुटा : जिल्ला प्रशासन कार्यलय धनकुटाले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ।धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू हुनेछ।धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा कोरोना संक्रमण बढीरहेको र पछिल्ला दिनहरूमा धनकुटामा पनि संक्रमणको दर बढिरहेकाले निषेध आदेश जारी गरिएको दाहालले बताए।निषेध आदेश जारी भएपछि भेला मानिसह