धनकुटा जिल्ला प्रशासनले गर्‍यो अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ

सम्बन्धित सामग्री

धनकुटा प्रशासनले दिने सेवामा आलोपालो

धनकुटा । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिमका कारण कार्यालयबाट दिने सेवालाई आलोपालो गर्ने भएको छ । कार्यालयले माघ २० गतेदेखि माघ २८ गतेसम्म जिल्लाभित्रका सेवाग्राहीलाई नगरपालिका र गाउँपालिकाका आधारमा सेवा प्रवाह गर्ने जनाएको छ । प्रशासनले कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि माघ १२ बाट अत्यावश्यकीय बाहकेका सेवा रोकेको थियो ।

धनकुटा करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

उक्त काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

सनराइज बैंकद्वारा धनकुटामा काउन्टर सेवा सञ्चालन

काठमाडौँ – सन्राइज बैंक लिमिटेडले धनकुटा जिल्लास्थित ५ नम्बर वडामा काउन्टर सेवा सञ्चालन गरेको छ। काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ। उक्त सेवाको उद्घाटन सन्राइज बैंकका प्रदेश १ का प्रमुख विवेककुमार निरौला तथा सन्राइज बैंक धनकुटा शाखाका शाखाप्रबन्धक दिनेश शर्मा अधिकारीलगायतले संयुक्त रूपमा गरेका थिए। उक्त कार्यक्रममा स्थानीय उद्योगी, […]

अत्यावश्यकबाहेक धनकुटा जिल्ला प्रशासनका सबै सेवा बन्द

धनकुटा : जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ।सार्वजनिक सूचना जारी गरेर माघ १२ गतेदेखि १८ गतेसम्म अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए। सूचनामा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्रसम्बन्धी काम, राहदानी वितरण, द्रुत सिफारिश तथा राहदानी प्रयोजनका लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचयपत्रसम्बन्धी काम,

पत्रकार कल्याणकारी कोष वृद्धिका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाको सहयोग

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष बृद्धिका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।समाजले एक कार्यक्रमका बीच नगद रु ३० हजार प्रदान गरेको हो।...

लोक सेवा आयोग धनकुटा कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग धनकुटा कार्यालयको प्राविधिक सहायकको लिखित परीक्षा सार्वजनिक भएको छ । गत फागुनमा लिइएको राजपत्र अनङ्कित प्रथम श्रेणी शिक्षा सेवा र कृषि सेवा अन्तर्गतका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको हो । शिक्षा सेवा तर्फ पुस्तकालय सहायक र प्राविधिक सहायक, कृषि सेवातर्फ बागवानी प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, खापोगुनि प्राविधिक सहायकको नतिजा […]

लोक सेवा आयोग धनकुटा कार्यालयको नायब सुब्बाकाे नतिजा प्रकाशित (नामावलीसहित)

काठमाडौँ । लोकसेवा आयोगको धनकुटा कार्यालयको नायब सुब्बा वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा नामावली :

धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा एक हप्ता बन्द

धनकुटा । धनकुटा नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा वैशाख २० देखि २६ गतेसम्मका लागि बन्द गरिएको नगरपालिका कार्यालयले बताएको छ । शनिवार गरिएको पीसीआर परीक्षणमा नगरपालिका एक पुरुष कर्मचारीमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई पनि लक्षण देखापरेकाले संक्रमण फैलन रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । यो अवधिमा नगरपालिकाले प्रवाह गर्दै आएका प्राथमिक स्वास्थ्य सेवाहरू, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायत भने बन्द नहुने उनले बताए । धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एक विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि गरेको नगरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि थपेको छ । धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को आइतवार बसेको बैठकले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाले परीक्षा सञ्चालन भइरहेका विद्यालयमा पनि परीक्षाका सबै गतिविधि रोक्न अनुरोध गरेको प्रशासकिय अधिकृत थापाले बताए । नगरका १० वडामा ५३ ओटा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा एक साता बन्द

वैशाख १९, धनकुटा । धनकुटा नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।  नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा वैशाख २० गतेदेखि वैशाख २६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जानकारी दिएको छ ।  धनकुटाको पीसीआर परीक्षण ल्यावमा शनिवार गरिएको पीसीआर परीक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुषमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई पनि लक्षण देखा परेकाले थप संक्रमणको जोखिमलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा वैशाख २६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।  यो अवधिमा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु भने बन्द नहुने प्रशासकिय अधिकृत थापाले जानकारी दिए । यस्तै, धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एकजना विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि गरेको नगरभरिका विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि थपेको छ । धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी) को आइतवार बसेको बैठकले विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिको उपयोग गरी शैक्षिक गतिविधि संकलन गर्ने निर्णय गरेको हो ।  नगरपालिकाले परीक्षा सञ्चालन भइरहेको विद्यालयहरुमा पनि परीक्षाका सबै गतिविधी रोक्न अनुरोध गरेको प्रशासकिय अधिकृत थापाले जानकारी दिए । धनकुटा नगरभरिका १० वडामा ५३ ओटा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । एउटै कक्षाका १३ विद्यार्थी संक्रमित धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षा कोठाका १३ विद्यार्थी संक्रमित भएका छन् । आवासीय रूपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्षमा अध्ययनरत हुन् ।  यहाँ एचए तेस्रो वर्षमा ४० जना अध्ययनरत रहेको इन्स्टिच्युटका सञ्चालक रामनारायण प्रसादले बताए । उनले भने ‘उच्च सावधानी कायम गरिएको थियो अकस्मात विद्यार्थीहरू बिरामी हुन थालेपछि परीक्षण गराउँदा यस्तो नतिजा आयो ।’ पहिलो र दोस्रो वर्षका विद्यार्थीको परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले बताए ।  त्यहाँ कार्यरत प्रशिक्षक तथा कर्मचारी होम क्वारेन्टाइनमा छन् । पोजिटिभ नतिजा आएकामध्ये अधिकांश लक्षणसहितका बिरामी रहेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।