काठमाडौँ : साक्षरता, निरन्तर शिक्षा तथा जीवन पर्यन्त शिक्षासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन तथा व्यवस्थापनमा सामुदायिक सिकाइ केन्द्रको विशेष योगदान रहने गर्छ।यही कार्यक्रम सञ्चालनका निम्ति संघीय सरकारले बजेट समेत व्यवस्थापन गर्छ। पछिल्लो समय स्थानीय तहले चासो नलिँदा सामुदायिक सिकाइ केन्द्र निष्क्रिय बन्दै गएको छ।‘सामुदायिक सिकाइ केन्द्रको सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७८’ मा स्थानीय तहले आफ्नो क्षेत्रभित्रको केन्द्रको स्थापना, व्यवस्थापन र सञ्चालन सम्बन्धमा नियमित अनु