प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध) का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्।
चितवन । केबलकार सञ्चालनमा आएसँगै नवलपुर गैंडाकोटको मौलाकालिका मन्दिर पुग्ने दर्शनार्थीको संख्या बढ्न थालेकोछ । यसअघि दर्शनार्थी पैदल र अटो रिक्सामा मन्दिर पुग्नुपर्ने बाध्यता थियो । विगतको तुलनामा २५ प्रतिशत दर्शनार्थी बढेको धार्मिक सेवा समिति, मौलाकालिकाले जानकारी दिएको छ ।
समितिका अध्यक्ष शालिग्राम सापकोटाले केबलकार सञ्चालनमा आएपछि हरेक महीना दर्शनार्थीको संख्या २५ प्रतिशत हाराहारीमा बढेको बताए । उनका अनुसार आजभोलि शनिवार एक हजार ५०० को हाराहारीमा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । अन्य दिन औसत ५०० दर्शनार्थी मन्दिर पुग्ने उनको भनाइ छ । बिदाको दिन र पर्व विशेषमा संख्या बढ्ने गरेको छ । दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल हिँड्ने दर्शनार्थी कम हुने गरेको र बिहानमा कतिपय दर्शनार्थी पैदलै मन्दिर पुग्ने सापकोटाको भनाइ छ ।
मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले वैशाख महीनामा २५ हजार र जेठमा बढेर २६ हजारले केबलकारको टिकट काटेको बताए । असार र साउनमा केही घटे पनि साताको बुधवार अपराह्न २ बजेदेखि ५० प्रतिशत छूट पाइने भएकाले दर्शनार्थीको संख्या बढ्दै गएकोे पौडेलको भनाइ छ ।
अन्य समयमा ५५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेर केही मिनेट पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएसँगै नवलपरासी, चितवन, तनहुँ लगायत छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ सूर्यास्त भएपछि आरती गरिँदै आएको छ । केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।
काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वास्थानी शालीनदी मेला सोमबारदेखि सुरु हुँदैछ । सामान्य अवस्थामा एक महिनाको अवधीमा लाखौं दर्शनार्थी मेला भर्न पुग्ने गरेपनि यो बर्ष कोरोना संक्रमण बढ्दै गएकाले मेला व्यवस्थापन समितिले कोभिड विरुद्धको पूर्णमात्राको खोप लगाएकाहरुलाई मात्र ब्रतमा सहभागी गराउँदैछ । साथै न्यून संख्यामा मात्र व्रतालु राख्ने, माधननारायणको मन्दिरमा पूजा गर्नका लागि पनि पूर्ण मात्राको कोभिड विरुद्धको खोप लगाएको हुनुपर्ने व्यवस्था गरेका श्री माधवनारायण स्
गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोनाभाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । […]
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् ।हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।यसैबीच शनिबार मात्र छ हजारभन्दा बढी
गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो ।हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएक...
४ माघ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको […]
बागलुङको बलेवामा रहेको भैरवस्थान मन्दिरमा धार्मिक पर्यटक बढ्न थालेका छन । बागलुङ नगरपालिका वडा नं. १२ मा रहेको भैरव मन्दिरको दर्शनका लागि दैनिक ३ सय दर्शनार्थी पुग्ने गरेका छन ।...पूरा पढ्नुहोस् »
केही वर्ष अघिसम्म महाशिवरात्रिका बेला पशुपति क्षेत्र आउने विदेशीमा भारतीय नागरिक मात्र हुने गर्थे । अचेल भने महाशिवरात्रिमा भारतीय मात्र होइन, अन्य मुलुकबाट समेत दर्शनार्थी आउन थालेका छन् ।